२०८३ बैशाख ७, सोमबार    

पिप्ले युवा क्लबको अध्यक्ष सुविन घिमिरे चयन

२०८१ जेठ २६, शनिबार २०:४४ बजे

पिप्ले युवा क्लब हेटौंडा–५ को अध्यक्षमा सुविन घिमिरे सर्वसम्मतारुपमा चयन भएका छन् ।

शनिबार भएको क्लबको आठौं अधिवेशनबाट उनको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मतरुपमा चयन भएको हो ।

समितिमा बरिष्ठ उपाध्यक्ष सुदिपसिं ठकुरी, उपाध्यक्ष बाबुकिंग खनाल, सचिव दीपेन्द्र ढकाल, सहसचिव आवेश लामा, कोषाध्यक्ष विवेक शर्मा अर्याल सर्वसम्मतरुपमा चयन भएका छन् । समिति सदस्यहरुमा निरञ्जन मानन्धर , नरेन्द्र मोक्तान, रवि थापा, विवेक अर्याल र अनुज कार्की चयन भएका छन् ।

हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यतामा भएको भेलामा क्लबका अध्यक्ष सुशील घिमिरेको सभाध्यक्षता रहेको थियो ।