२०८१ बैशाख १४, शुक्रबार    

हेटौंडामा आइपुग्यो नेपालको चर्चित व्याण्ड नेपथ्य

२०७९ मंसिर २०, मंगलबार १८:३५ बजे

नेपाली लोकपपको क्षेत्रमा ख्याति प्राप्त ब्याण्ड नेपथ्यको टोली हेटौंडा आइपुगेको छ । २२ गते हेटौंडा–१० स्थित भुटनदेवीमा हुने सांगीतिक कार्यक्रमका लागि नेपथ्यको टोली हेटौंडा आइपुगेको हो ।

नेपथ्यका मुख्य गायक अमृत गुरुङसहितको टोली हेटौंडा आइपुगेको आयोजकले जनाएको छ । कार्यक्रमको तयारी पूरा भएको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको मानवसेवा आश्रमले जनाएको छ । वीरगञ्जको कार्यक्रम सकेर नेपथ्यका मुख्य गायक अमृत गुरुङसहितको टोली मंगलबार हेटौंडा आइपुगेको हो । नेपथ्यको प्राविधिक टोलीले स्टेज बनाउन थालिसकेको र आवश्यक अन्य तयारी गरिरहेको छ ।

मानवता प्रवद्र्धनसँगै हेटौंडाको लामसुरेधापमा रहेको मानवसेवा आश्रमको बाँकी भवन निर्माण र आश्रित बेसहाराहरुको संरक्षण र पालनपोषणको सहयोगार्थ कार्यक्रम गर्न लागिएको हो । मानवता प्रवद्र्धनका लागि नेपालको प्रमुख १० शहरमा आयोजना हुन लागेको कन्सर्ट अन्तर्गत हेटौंडाको तेस्रो कार्यक्रम हो ।