२०८१ बैशाख ८, शनिबार    

हेटौंडामा बाल साहित्य महोत्सव हुने

२०७९ माघ २०, शुक्रबार २०:३७ बजे

माघ २७ र २८ गते हेटौंडामा बाल साहित्य महोत्सव हुने भएको छ ।

हेटौंडा उपमहानगरपालिकासंगको सहकार्यमा नवोदय शिशु सदन मावि, हेटौंडा स्कूल अफ म्यानेजमेण्ट र काठमाडौं पब्लिकेसनले बाल साहित्य महोत्सवको आयोजना गर्न लागेको हो । महोत्सवमा भारत र पाकिस्तानका लेखकको पनि सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

विद्यार्थीमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यका साथ नवोदयले यसअघि दुई पटक बाल साहित्य महोत्सवको आयोजना गरिसकेको छ । यस पटकको महोत्सवमा भारतीय लेखक समिना मिश्र र पाकिस्तानी शिक्षाविद् रुमना हुसेनको पनि सहभागिता रहने आयोजकले जानकारी दिएको हो ।

भारत र पाकिस्तानमा बाल साहित्यको प्रवद्र्धनमा भएका अभ्यास र नेपालको अभ्यासबीच तुलनात्मक अध्ययन र अन्तरक्रियाका लागि छिमेकी मुलुबाट समेत सहभागी गराउन खोजिएको नवोदय शिशु सदनका निर्देशक दिपेश जोशीले बताए ।