२०८१ बैशाख ८, शनिबार    

आँचल साहित्य कला पुञ्जमा भावना सापकोटा

२०७९ असार २५, शनिबार १७:५४ बजे

आँचल साहित्य कला पुञ्जको अध्यक्षमा भावना सापकोटा चयन भएकी छन् ।

सापकोटाको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । शनिबार हेटौंडामा भएको अधिवेशनले संस्थाको उपाध्यक्षमा नीरा शर्मा, सचिवमा सविता तिमल्सिना, कोषाध्यक्षमा निर्मला ब्लोन र सहसचिवमा चण्डिका गौतमलाई चयन गरेको छ । कार्यसमिति सदस्यमा भवानी तिमल्सिना, रजनी पौडेल, एलिजा पुडासैनी र ज्योत्सना श्रेष्ठ चयन भएका छन् ।

३ वर्षे कार्यकालका लागि नवनिर्वाचित समितिले कार्यसमितिमा २ जनालाई मनोनित गरी ११ सदस्यीय समिति बनाउने नवनिर्वाचित अध्यक्ष भावना सापकोटाले जानकारी दिए । संस्थाले विशेष गरी साहित्य क्षेत्रमा महिलालाई प्रोत्साहान गर्न विभिन्न गतिविधि गर्दै आइरहेको छ ।