२०८१ बैशाख २३, आईतबार    

कमानेमा ४५ जनाद्वारा रक्तदान

२०७८ चैत्र ५, शनिबार १२:२७ बजे

नेपाल तरुण दल हेटौंडा–८ को आयोजनामा रक्तदान कार्यक्रमको आयोजन गरिएको छ ।

नेपाल तरुण दलका नेता स्वर्गीय प्रल्हाद चौलागाईको स्मृतिमा आयोजित रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेको तरुण दल हेटौंडा–८ का अध्यक्ष अच्युत पौडेलले जानकारी दिए । तरुण दल हेटौंडा–८ का अध्यक्ष अच्युतम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको शुभारम्भ स्वर्गीय चौलागाईकी धर्मपत्नी विना चौलागाईले गरेकी थिइन । रक्तदानमा हेटौंडा–८ निवासी सावित्री श्रेष्ठले दुर्लभ मानिएको ओ नेगेटिभ रगतदान गरेकी थिइन ।

रक्तदान कार्यक्रममा कांग्रेस हेटौंडा–८ का सभापति भूपेन्द्र कोइराला, जिल्ला सदस्य विरोध गुरुङ, तरुण दल हेटौंडा नगर अध्यक्ष सुनिल गिरी, नगर सदस्य सरोज श्रेष्ठ, तरुण दल हेटौंडा–८ का निवर्तमान अध्यक्ष राम थापा लगायतको उपस्थिती रहेको थियो ।