२०८१ श्रावण ९, बुधबार    

नेसपा जिल्ला संयोजकमा उप्रेती, मंसिरभित्र अधिवेशन गर्ने

२०८१ जेठ ३०, बुधबार १८:०४ बजे

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मकवानपुरको अधिवेशन आयोजक समितिको संयोजकमा तेजप्रसाद उप्रेती (रमेश) चयन भएका छन् ।

पार्टीको ८ औं स्थापना दिवसको सन्दर्भमा बुधबार हेटौंडामा आयोजित पत्रकार भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा मंसिरभित्र अधिवेशन गर्ने गरी उप्रेतीलाई संयोजक तोकिएको हो ।

यसअघिका संयोजक राजकुमार भेटवालले अधिवेशन नगरी माओवादी केन्द्रमा आफू समाहित भएको जानकारी गराएपछि उप्रेतीलाई चयन गरिएको हो ।

नेसपा केन्द्रीय सदस्य राजेन्द्र सिम्खडाको प्रमुख आतिथ्यतामा भएको अन्तिक्र्रियामा पार्टीको वर्तमान अवस्था र विगतको विषयमा जानकारी गराइएको थियो ।