२०८१ बैशाख ७, शुक्रबार    

बैकुण्ठमा मनाइयो सोनाम ल्होसार

२०७९ माघ ८, आईतबार १८:२१ बजे

तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होसारको अवसरमा डाँफेमुनाल पार्क बैकुण्ठमा पर्यटन प्रबर्धन गर्ने उद्देश्यले ल्हाेसार साँस्कृतिक मेला आयोजना गरिएकाे छ । कैलाश गाउँपालिकाका अध्यक्ष लाेकबहादुर मुक्तानले मेलाकाे उद्घाटन गरेका थिए ।

ग्रामिण पर्यटनको विकास, स्थानीय तामाङ समुदायको सँस्कृतिको जगेर्ना, भाषा, भेषभुसा र कलाको संरक्षणमा मद्दत पुर्याउने उद्देश्यले मेला आयोजना गरिएकाे उनले बताए । डाँफेमुनाल पार्कलाई अझ आकर्षक पर्यटकिय केन्द्रकाे रूपमा विकास गरिने उनले बताए । मेला समाराेहमा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले कैलाशकाे पर्यटन विकासका लागि मनहरी गाउँपालिकाले सहकार्य गर्ने बताए । धादिङकाे बेनिघाट राेराङ गाउँपालिकाका अध्यक्ष विवेक थपलियाले कैलाशकाे पर्यटकिय क्षेत्रलाई मद्दत पुग्नेगरि आफ्नाे पालिकामा पर्यटकिय क्षेत्र बनाउनका लागि एक कराेड रूपैंया विनियाेजन गर्ने बताए ।

कैलाश गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल, वडाध्यक्षहरु तेजबहादुर ब्लाेन, उदासकुमार भ्लाेन,सुर्यबहादुर ब्लाेन, भुवनसिं घलान, देवलाल बल लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रम वडा नम्वर २ का अध्यक्ष राजेन्द्र घिसिङकाे अध्यक्षतामा भएकाे थियाे । मेलाकै अवसरमा भाईरल पिङकाे उद्घाटन समेत गरिएकाे थियाे । कैलाश गाउँपालिकाकाे आर्थिक सहयाेगमा डाँफेमुनाल पार्कमा १५ लाख रूपैंयाकाे लागतमा पिङ निर्माण गरिएकाे थियाे ।

साँस्कृतिक मेलामा गायिकाहरू रजनी लामा, प्रतिमा अर्याल, सुमन थापा मगर, लाेक गायक रामकुमार नेपाली, श्याम राना, सेलाे गायक याेगेश लामाले प्रस्तुति दिएका थिए । यसैगरि कलाकार राजुमान रूम्बाले क्यारिकेचर प्रस्तुत गरेका थिए । मेलामा स्थानीय तामाङ समुदायको संस्कार र सँस्कृतिसँग सम्बन्धित लामा, बोम्बो, लब्तावा लगायतका झाँकिहरुको प्रस्तुती समेत गरिएकाे थियाे ।

तामाङ समुदायको सबैभन्दा ठुलो सांस्कृतिक पर्व २८५९औँ सोनाम ल्होछार २०७९ ह्योई ल्हो (बिरालो वर्ग)को अवसरमा तामाङ समुदायको बाहुल्यता रहेको बैकुण्ठमा पहिलो पटक मेला भएकाे हो । यस वर्ष बाघ वर्षलाई बिदाइ गर्दै बिरालो वर्षलाई स्वागत गर्दै ल्होछार मनाइएकाे छ ।