२०८१ बैशाख २१, शुक्रबार    

मोटरसाइकल चोर्ने दुई जना पक्राउ

२०८० असार १५, शुक्रबार १७:४९ बजे

जिल्ला प्रहरी कार्यालय मकवानपुरले मोटरसाइकल चोर्ने दुई जनालाई शुक्रबार सार्वजनिक गरेको छ ।

हेटौंडा–१५, रातोमाटेस्थित चेकपोष्टमा प्रहरीले नियमित चेकगर्दा बारा करहैयामाई नगरपालिका–७ का २४ वर्षीय अरविन्द चौधरी र २२ वर्षका अर्जुन चौधरीलाई चोरीको मोटरसाइकल लैजादै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले बा.प्र०६–०२प २३४ नम्बरको कालो रातो रंगको १५० सीसीको पल्सर मोटरसाइकल चोरी गरी लैजाने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानको क्रममा चितवनबाट मोटरसाइकल चोरी गरिएको बुझिएको छ ।

थप अनुसन्धान र कारबाहीका लागि उनीहरुलाई चितवन प्रहरीको जिम्मा लगाइएको छ ।