२०८१ बैशाख १४, शुक्रबार    

रोटरी मकवानपुरद्वारा ह्वीलचियर वितरण

२०७९ मंसिर ६, मंगलबार १८:१९ बजे

रोटरी क्लब अफ मकवानपुरले ह्वीलचियर वितरण गरेको छ । मकवानपुरे समाज काठमाडौंलाई ५ थान र हेटौंडा सामुदायिक आँखा अस्पताललाई २ थान ह्वीलचियर वितरण गरिएको हो ।

रोटरी मकवानपुरका अध्यक्ष कृष्ण बहादुर कार्की, संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापती, सचिव विजय कुमार श्रेष्ठ, रोटर्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष प्रदिप कुमार राईको उपस्थितिमा ह्वीलचियर वितरण गरिएको हो ।

मकवानपुरे समाजका अध्यक्ष अरुण गुरुङले सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । त्यसैगरी आँखा अस्पतालका अस्पताल प्रमुख सुनिल थकाली, वरिष्ठ प्रशासक सुधिर श्रेष्ठ, संरक्षक सिद्धिलाल श्रेष्ठ लगायतलाई ह्वीलचियर हस्तान्तरण गरिएको थियो ।

अस्पताल प्रमुख थकालीले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताए ।