२०८१ बैशाख १६, आईतबार    

बागमती प्रदेशमा घटेन दुर्घटना, एक वर्षमा ३ सय ६० जनाले ज्यान गुमाए

२०७९ बैशाख २, शुक्रबार १५:४० बजे

एक वर्ष अवधिमा बागमती प्रदेशका १० जिल्लामा दुर्घटनामा परी ३ सय ६० जनाले ज्यान गुमाएका छन् ।

२०७८ बैशाखदेखि चैतसम्म सवारी दुर्घटनाका कारण ३ सय ६० जनाले ज्यान गुमाएको प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुशीलसिंह राठौरका अनुसार एक हजार ६ सय ४७ दुर्घटना हुँदा ३ सय ६० जनाको मृत्यु भएको थियो । तीन हजार ३ सय ८९ जना घाइते भएका छन् । घाइतेमध्ये दुई हजार ५ सय २० सामान्य र ८ सय ६९ जना गम्भीर घाइते भएको कार्यालयले जनाएको छ ।

बैशाखमा भएको १ सय ३५ दुर्घटनामा परी ३४, जेठमा भएका ८७ दुर्घटनामा परी १९, असारमा १ सय २३ दुर्घटनामा परी १८, साउनमा १ सय ५० दुर्घटनामा २४, भदौमा १ सय १८ दुर्घटनामा परी २२ जना, असोजमा १ सय ५८ दुर्घटनामा ३६, कात्तिकमा १ सय ६३ दुर्घटनामा ४१, मंसिरमा १ सय ५५ दुर्घटनामा ३५, पुसमा २ सय २० दुर्घटनामा ३१, माघमा १ सय २२ दुर्घटनामा ३४ जना, फागुनमा १ सय ७५ दुर्घटनामा ३४ र चैतमा १ सय ४७ दुर्घटनामा परी ३२ जनाले ज्यान गुमाएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।