२०८१ बैशाख १६, आईतबार    

ज्येष्ठ नागरिक सेवा केन्द्र भवन शिलान्यास

२०८० जेठ २३, मंगलबार १६:२२ बजे

हेटौँडा–२ मा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन शिलान्यास गरिएको छ ।

मंगलबार मुख्यमन्त्री निवास नजिकै जलेश्वर महादेव क्षेत्र विकास समितिले मन्दिर परिसरमा भवन शिलान्यास गरेको हो । हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले भवन शिलान्यास गरेकी हुन् ।

वडाको १० लाख रुपैयाँ बजेटमा एक तल्ले भवन निर्माण गरिने समितिले जनाएको छ । वृद्धवृद्धाहरुको योग कक्षका लागि उक्त भवन प्रयोग हुनेछ । जसमा वृद्धवृद्धाहरुले मनोरञ्जन लिन सक्नेछन् । आउँदो असार १५ गते भवन निर्माण गरिसक्ने हेटौँडा–२ का वडाध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिए ।