२०८१ बैशाख ८, शनिबार    

‘छेलिएका अनुहार’ विमोचन

२०७९ असार ३२, शनिबार १६:३१ बजे

मकवानपुरका चर्चित पत्रकार प्रताप विष्टद्वारा लिखित पुस्तक ‘छेलिएका अनुहार’ विमोचन गरिएको छ । चेपाङ, वनकरिया समुदाय र गाडी बोक्नेहरुको अनुभव समेटिएको पुस्तक शनिबार हेटौंडामा विमोचन गरिएको हो ।

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, हेटौंडा उपमहानगरका मेयर मीनाकुमारी लामा, कान्तिपुर दैनिकका सम्पादक उमेश चौहानले संयुक्तरुपमा पुस्तक विमोचन गरिएको हो ।

२०४९ साल फागुन १३ गतेदेखि कान्तिपुर दैनिकमा आवद्ध भएका विष्टले २०५० सालमा अल्पसंख्यक चेपाङ समुदायको विषयमा समाचार लेख्न सुरु गरेका थिए । २०५२ सालमा वनमै रहेका वनकरिया समुदायको विषयमा समाचार लेखेका विष्टलाई चेपाङ र वनकरियाको पत्रकारको रुपमा उपमा समेत दिने गरेको छ ।
सांग्रिला पब्लिकेशनले प्रकाशन गरिएको पुस्तकमाथि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. तारालाल श्रेष्ठ, साहित्यकार एवम् प्राध्यापक भूपिन, मकवानपुरका साहित्यकार तुल्सी थापा, लेखक चन्द्रकिशोर झाले चर्चा गरेका थिए ।

चेपाङ समुदायको विषयमा राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ला र तुल्सी थापा तथा नवकरिया समुदायको अवस्थाबारे सन्तोषी वनकरियाले पुस्तक विमोचन समारोहमा जानकारी गराएका थिए । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको अध्यक्षतामा पुस्तक विमोचन भएको थियो ।