२०८१ बैशाख २१, शुक्रबार    

राजमार्गको दायाँबायाँ सडक पेटीमा एक हजार पाँच सय विरुवा रोपिए

२०७९ भाद्र ६, सोमबार १४:१७ बजे

नगर सफाई अभियान अन्तरर्गत हेटौंडा ६ मा सोमबार वृक्षारोपण कार्यक्रम गरेको छ । वडा समितिले हेटौंडा धरान चतरा राजमार्गको दायाँबायाँ सडक पेटीमा एक हजार पाँच सय विरुवा रोपिएको हो । 

हेटौंडा उपमहानगरका मेयर मिनाकुमारी लामा तथा उपमेयर राजेश बानियाँको उपस्थितीमा धुपि, कल्की फुल, कपुर, गोलमोहोर नामका विरुवाहरु रोपिएको हो । 

वडा अध्यक्ष विष्णबहादुर दाहालको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोइराला, राप्रपाका नेता दीपक सिंह, डिभिजन वन कार्यालउ हेटौंडाका सहायक वन अधिकृत बसन्तराज गौतम, वन प्राविधिकहरु, नेपाल पत्रकार महासंघका अध्यक्ष मणिराज गौतम लगायतकाको आतिथ्यता रहेको थियो । वृक्षारोपण कार्यक्रममा टोल विकास र स्थानीयहरुको सहभागिता रहेको थियो ।