२०८१ बैशाख १६, आईतबार    

पहिरोको कारण कान्तिलोकपथ अबरुद्ध

२०८० असार २८, बिहीबार १८:५४ बजे

अविरल वर्षासँगै खसेको पहिरोले कान्तिलोकपथ सडकखण्डमा पूर्णरुपमा अबरुद्ध भएको छ ।

साँझ करिब ५ बजेको समयमा मकवानपुरको बकैया गाउँपालिका–११ सिमातस्थित सडकखण्डमा बर्षाको कारण करिब ३५ मिटर पहिरो खसेर सडक अबरुद्ध भएको इलाका प्रहरी कार्यालय ठिंगनका प्रहरी सहायक निरीक्षक सुवास खतिवडाले जानकारी दिएका छन् ।

उनका अनुसार पहिरो हटाउनका लागि सडक विभागसँग समन्वय भइरहेको छ । ‘अहिले वर्षात् रोकिएको छ । पहिरो पन्छाउन सडक डिभिजन कार्यालयबाट डोजर उपलब्ध भएको छ ।’, उनले भने । पछिल्लो समय हेटौंडाबाट काठमाडौं जान यसबाटको प्रयोग बढी हुने गरेको छ ।

हेटौंडा–काठमाडौं आउजाउ गर्ने छोटो मार्गको अवस्था असाध्यै कमजोर भएको कारण यस रोडको प्रयोग बढेको हो ।