हेटौंडा उपमहानगरपालिका-९ मास्टर चोकमा ग्याँस बुलेटले कारलाई ठक्कर दिँदा ३ जना घाइते भएका छन् ।
पूर्व-पश्चिम सडक खण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको भारतीय ग्याँस बुलेटले हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको ग ३ च ८४४९ नम्बरको कारलाई ठक्कर दिँदा कारमा सवार तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।
ग्याँस बुलेटको ठक्करबाट कार चालक जिल्ला स्याङ्जा अर्जुनचौपारी नगरपालिका-१का ३३ वर्षीय चुडा बहादुर बिष्ट, कास्की पोखरा महानगरपालिका–११ का ६३ वर्षीया पुरण श्रेष्ठ, लमजुङ बेंसीसहर नगरपालिका–८ का १७ वर्षीया नेहा राना मगर घाइते भएका छन् । उपचारका लागि उनीहरूलाई हेटौंडास्थित सन्चो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।