२०८१ बैशाख २४, सोमबार    

एमाले प्रदेश कमिटीमा मकवानपुरबाट सातजना मनोनित

२०७८ चैत्र ७, सोमबार १७:०३ बजे

नेकपा एमाले वाग्मती प्रदेश कमिटीमा ७९ जना सदस्य मनोनित भएका छन् ।

एमाले वाग्मतीले सोमबार विज्ञप्ति जारी गर्दै प्रदेश कमिटीको गत फागुन २६ गते सम्पन्न तेस्रो पूर्ण बैठकले मकवानपुरका ७ जनासहित ७९ जना सदस्य मनोनयन गरेको जानकारी गराएको हो ।
प्रदेश कमिटी सदस्यमा मकवानपुरका बुद्धरत्न मानन्धर, हरिबहादुर महत, ईन्द्रमान स्याङ्तान, सम्राट तुम्बाहाम्फे, डिल्लीप्रसाद दाहाल, रामचन्द्र अर्याल र श्यामभक्त श्रेष्ठ मनोनित भएका हुन् ।

एमाले वाग्मती प्रदेशका अध्यक्ष केशबराज पाण्डेको अध्यक्षता तथा एमालेका केन्द्रीय कमिटीका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा फागुन २६ गते काठमाडौंमा बसेको बैठकले उनीहरुलाई प्रदेश कमिटीमा मनोनयन गरेको हो ।