२०८१ बैशाख १७, सोमबार    

समाजवादी मकवानपुर अध्यक्षमा दाहाल चयन

२०७९ पौष ९, शनिबार १७:५७ बजे

नेकपा (एकीकृत समाजवादी) को मकवानपुर जिल्ला अध्यक्षमा विष्णु दाहाल चयन भएका छन् ।

पार्टीको शनिबार हेटौंडामा भएको विस्तारित भेलाले उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । दाहाल यसअघि सचिवको भूमिकामा थिए ।

समितिमा उपाध्यक्ष कृष्ण राई, भूमिनन्द अर्याल, सचिव ध्रुब भुजेल, उपसचिव किशोर टण्डन, किरणमान बल, कविन पन्त र वेगम बराल रहेका छन् ।

भेलाले निर्वाचन क्षेत्र नम्बर १ संयोजकमा नारायण तिमल्सिना र २ को संयोजकमा रामकुरमा एलनलाई चयन गरेको छ ।
सूर्यचन्द्र न्यौपानेको अध्यक्षतामा भएको वैठकमा पार्टी केन्द्रीय उपाध्यक्ष केदार न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।

पार्टी स्थायी समिति सदस्य विरोध खतिवडा, जिल्ला इञ्चार्ज ललित बस्नेत, राष्ट्रियसभा सदस्य गोमा तिमल्सिना तथा प्रदेश सदस्य मुनु सिग्देललगायत सहभागी थिए ।