२०८१ बैशाख १६, आईतबार    

जनप्रतिनिधिद्वारा २५ जना विपन्नलाई व्यक्तिगत लगानीमा भर्ना

२०७९ जेठ ३०, सोमबार ११:२० बजे

हेटौंडा उपमहानगरपालिका १७ का नवनिर्वाचित वडा सदस्य कृष्णबहादुर अधिकारीले वडामा २५ जना विपन्न बालबालिकालाई व्यक्तिगत लगानीमा विद्यालय भर्ना गराएका छन् ।

वडाको गैरीगाउँ, राईटोलका कक्षा नर्सरीदेखि ८ सम्मका १६ छात्रा सहित २५ बालबालिकालाई आज जनप्रिय माध्यमिक विद्यालयमा भर्ना गर्नका लागि एकमुष्ट रकम अभिभावकमार्फत हस्तान्तरण गरिएको हो । आर्थिक कारणले शिक्षा पाउनबाट कोही पनि वञ्चित हुन नहुने भन्दै सदस्य अधिकारीले वडाका विपन्न बालबालिकाको शिक्षाका लागि आफ्नो सहयोग निरन्तर हुने बताएका छन् ।