२०८१ बैशाख २२, शनिबार    

आनन्दराम पराजुलीद्वारा उम्मेदवारी दर्ता

२०७९ आश्विन २३, आईतबार १३:०६ बजे

नेपाली कांग्रेस मकवानपुरका युवा नेता आनन्दराम पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजुली नेपाली कांग्रेसकोतर्फबाट मकवानपुर क्षेत्र नम्बर–१ (ख) बाट उम्मेदवार बनेका हुन् ।

पराजुलीले यस क्षेत्रका चर्चित नेता हुन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा पराजुलीले पपुलर मत ल्याएपनि बदर मत सातहजारभन्दा बढीहुँदा थोरै मतले पराजित भएका थिए ।

यसपटक गठबन्धनबाट उम्मेदवार बनेका पराजुलीले आम कार्यकर्ता र मतदाताको भावना अनुसार पदमा नहुँदा पनि काम गरेका कारण निर्वाचित हुनेमा विश्वस्त रहेको बताए ।