२०८१ बैशाख १८, मंगलबार    

भैरवडाँडामा बाघ देखियो, स्थानीय त्रसित

२०७९ कार्तिक १४, सोमबार २०:१२ बजे


हेटौंडा–१, भैरवडााडा क्षेत्रमा बाघ देखा परेको स्थानीयले दावी गरेका छन् ।

आइतबार बिहान साढे ११ बजे एउटा बाख्रा र एउटा खसीको सिकार गरेको बाघ सोमबार सााझ पनि भैरवडााडा क्षेत्रमा देखिएको र सोही स्थानमा बास बसेको अनुमान गरिएको छ । स्थानीय नवराज तिमल्सिनाका अनुसार आइतबार दुई डमरुसहित देखिएको बाघ सोमबार सााझ एक्लै देखिएको थियो ।

आइतबार देखिएको बाघ सोमबार पनि देखिएपछि स्थानीय त्रसित भएका छन् । मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले भैरवडााडा क्षेत्रमा बाघ देखिएको पुष्टि गरे ।

भैरवडााडास्थित अस्थायी प्रहरी पोष्टमा खटिएका प्रहरीले बाघ देखिएको पुष्टि गरेको प्रवक्ता कार्कीले जानकारी दिए । भैरवडााडामा हवल्दारको कमाण्डमा अस्थायी प्रहरी पोष्ट रहेको छ ।

प्रहरी प्रवक्ता कार्कीका अनुसार स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । भोलि जिल्ला वन कार्यालयमा समेत जानकारी गराउने र आवश्यक सतर्कता र सहयोग लिई बाघबाट हुन सक्ने जोखिमबाट बच्ने प्रयास गरिने प्रहरीको भनाइ छ । भैरवडााडा आसपास सामुदायिक वन बाक्लो हुनुले पनि बाघले बास बस्न सक्ने खतरा छ ।