२०८१ बैशाख २७, बिहीबार    

पवन अग्रवाल भए अधिकृत विक्रेता संघको अध्यक्ष

२०७८ फाल्गुन १४, शनिबार १९:२५ बजे

हेटौंडा/ पवन अग्रवालको अध्यक्षतामा अधिकृत विक्रेता व्यवसायी संघ मकवानपुरको नयाँ समिति सर्वसम्मत चयन भएको छ । समितिको ११ औं साधारणसभा तथा पाँचौं जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो ।

       नवलपरासी जिल्लाको रजहरमा शुक्रबार र शनिबार  भएको अधिवेशनबाट उपाध्यक्षमा अमित कुमार श्रेष्ठ, महासचिवमा राजेन्द्र लामिछाने, सचिवमा अंकित खतिवडा, कोषाध्यक्ष सुदर्शन पाठक चयन भएका छन् । सदस्यमा दिपेश मणि भण्डारी, राजेश्वर श्रेष्ठ, निरोज कुमार श्रेष्ठ, पंकज बनियाँ र पुजा अग्रवाल चयन भएका छन् ।

       अधिवेशनको उद्घाटन संघका अध्यक्ष विष्णु दाहालको अध्यक्षता तथा संघका संस्थापक अध्यक्ष गोविन्द कर्माचार्यको प्रमुख आतिथ्य रहेको थियो । अधिकृत विक्रेता व्यवसायी संघ मकवानपुरमा ७२ जना व्यवसायी सदस्य छन् ।