२०८१ बैशाख १५, शनिबार    

पोषक पशुदानाको प्रयोगमा जोड

२०७९ चैत्र २७, सोमबार १६:३३ बजे

ओसिबी प्लेटफिड इण्डष्ट्रिज हेटौंडा–७, कमानेद्वारा उत्पादित पोषक पशुदानाको प्रयोगमा जोड दिइएको छ ।

कम्पनीद्वारा उत्पादित दानाको प्रयोगबाट किसानले उचित लाभ लिनसक्नेभन्दै पोषक पशुदानाको प्रयोगमा जोड दिइएको हो । कम्पनीले सोमबार कास्कीका किसानहरुलाई एकदिने कार्याशाला गोष्ठी आयोजना गरी दानाको उत्पादनदेखि प्रयोगसम्मका विषयमा जानकारी दिएको छ । बराल फिड इण्डष्ट्रिज पोखरा–१७, कास्कीका ६० जना किसान कार्याशाला गोष्ठीमा सहभागी थिए ।

बराल फिड इण्डष्ट्रिजका सञ्चालक चन्द्रकान्ता बरालको सभापतित्वमा भएको गोष्ठीमा कम्पनीका प्रशिक्षक डा. जीवन अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

गोष्ठीमा डा. शत्रुधन शाह र मन्दिप पौडेलले सहजीकरण गरेका थिए । ओसिबी प्लेटफिड कम्पनीका सञ्चालक तथा फिल्ड अफिर्स राजु अधिकारीको गोष्ठीमा विशेष उपस्थिति रहेको थियो । कम्पनीले कुखुरा,गाईं तथा भैंसीका लागि आवश्यक दाना उत्पादन गर्ने गरेको छ ।