२०८१ चैत्र ७, बिहीबार    

अग्रवाल मत माग्दै व्यवसायीको घरदैलोमा

२०८१ पौष ३, बुधबार १६:४९ बजे

मकवानपुर उद्योग बाणिज्य संघको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु व्यवसायीको घरदैलोमा मत माग्दै धाउन थालेका छन् ।

विभिन्न अवधारण लिएर अध्यक्षका प्रत्यासी अनिल अग्रवाल नेतृत्वको समूह व्यवसायीको टोली बुधबार दिनभर हेटौंडा बजार क्षेत्रका मतदातासमक्ष पुगेका छन् ।

संघका अध्यक्षका प्रत्यासी अनिल अग्रवाल, बाणिज्यतर्फ उपाध्यक्ष पदका उम्मेदवार राजु अधिकारी, युवा व्यवसायी विकेशलाल श्रेष्ठ, बाणिज्यतर्फ सदस्य पदका उम्मेदवार रविन ढकाललगायत चुनावी माहौल आफ्नो पक्षमा बनाउन घरदैलोमा व्यस्त भएका छन् ।

उनीहरुले कान्तिराजपथ, मेनरोड, बुद्धचोकहुँदै टीसीएन बाइपास रोडसम्मका व्यवसायीको गुनासो सुन्दै मत मागेका छन् । घरदैलोको क्रममा व्यवसायीबाट पाएको मायाका कारण आफ्नो समूहलाई निर्वाचनमा सफलता मिल्ने दावी अध्यक्षका प्रत्यासी अग्रवालले गरे ।

संघको निर्वाचन प्रक्रिया पुस २४ गतदेखि २७ गतेसम्म चल्नेछ । अग्रवाल नेतृत्वको व्यापारीक समूह दैनिकरुपमा हेटौंडा बजार क्षेत्रमा व्यवसायीसँग अन्तक्र्रिया गर्दै विभिन्न स्थानमा मत मागिरहेको छ ।