२०८१ बैशाख १३, बिहीबार    

उपमेयर पदको उम्मेदवार सुमित्रा काफ्लेद्वारा मतदान

२०७९ बैशाख ३०, शुक्रबार ०८:१२ बजे

नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकामा उपमेयर पदको उम्मेदवार सुमित्रा काफ्लेले मतदान गरेकी छन् ।

स्थानीय तह निर्वाचनमा उनले हेटौंडा–११ स्थित त्रिभुवन उच्च माविको केन्द्रबाट मतदान गरेकी हुन् । उनले सम्पूर्ण मतदातालाई मतदान प्रक्रियामा सहभागी हुन समेत अनुरोध गरेकी छन् । यसै मतदान केन्द्रबाट पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले समेत मतदान गरेका थिए ।

उक्त मतदान केन्द्रमा ६ हजार २ जना मतदाता रहेका छन् ।