२०८१ बैशाख १५, शनिबार    

राष्ट्रपति कांग्रेसकै हुन्छ : बानियाँ

२०७९ माघ २७, शुक्रबार १७:१५ बजे

नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले कांग्रेसका उम्मेदवार नै राष्ट्रपति बन्ने दावी गरेका छन् ।

नेपाल शिक्षक सङ्घ मकवानपुरको शुक्रबारबाट हेटौंडामा सुरु भएको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति कांग्रेसकै हुने दावी गरेका हुन् । राष्ट्रपतिको निर्वाचन पश्चात नेतृत्वदायी भूमिकासहित कांग्रेस सरकारमा समेत जाने उनको दावी थियो ।

अहिलेको अवस्थालाई लिएर निराश नहुन समेत उनले शिक्षक संघका सदस्यहरुलाई अनुरोध गरे ।

शिक्षक सङ्घ मकवानपुर अध्यक्ष रामकुमार अधिकारीको अध्यक्षतामा भएको अधिवेशनमा नेपाली कांग्रेस मकवानपुरका पदाधिकारी, शिक्षक संघका केन्द्रीय पदाधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।