२०८१ बैशाख १७, सोमबार    

सहमतिपश्चात् प्रदेशसभा वैठक सञ्चालन

२०८० असार १८, सोमबार १७:२२ बजे

प्रतिपक्षी दलहरूको लगातारको अबरोधका कारण अवरुद्ध प्रदेशसभा सोमबारबाट खुलेको छ ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रतिपक्षीहरूको माग सरकारले सम्बोधन गर्ने प्रतिबद्धतापश्चात् प्रतिपक्षी सदन सुचारु गर्ने सहमति भएको हो ।

बैठकको प्रारम्भमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामा (तामाङ) ले प्रतिपक्षीसँग सहमति गरेपछि वैठक सञ्चालन हुने भएको हो । प्रमुख प्रतिपक्षी दल एमालेका नेता जगन्नाथ थपलिया, प्रतिपक्षी दल राप्रपाका नेता उद्वव थापा र नेमकिपाकि नेतृ सिर्जना सैंजूले असन्तुलित बजेट सन्तुलित गर्ने सहमति भएपश्चात् अवरुद्ध संसद खोल्न आफूहरू सहमत भएको जानकारी दिएका थिए ।

मन्त्री श्रेष्ठले अब केही दिनभित्रमा बजेट पारित हुने र सबै एकताबद्ध भएर बागमती प्रदेशलाई नमूना प्रदेशको रूपमा विकास गर्ने विश्वास व्यक्त गरे ।