२०८१ बैशाख १७, सोमबार    

आइटिएफ तेक्वान्दोका २५ खेलाडी छनौट

२०७९ भाद्र २३, बिहीबार १८:०८ बजे

हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाले खेलकुदको विकासका लागि उपमहानगरपालिकाले लगानी गर्ने बताएकी छन् ।

हेटौंडामा भएको आइटिएफ तेक्वान्दोको वाग्मती प्रदेशस्तरीय छनौट प्रतियोगितालाई सम्बोधन गर्दै नगरप्रमुख लामाले खेलाडीले देश र नगरलाई चिनाउनेहुँदा उपमहानगरपालिका खेलकुदलाई महत्वका साथ अघि बढाउने तयारीमा रहेको बताइन् । उनले खेलकुदलाई अघि बढाउनका लागि पूर्वाधार निर्माणको क्षेत्रमा खर्च गरिरहेको बताइन् ।

उनले चालु आर्थिक बर्ष २०७९/०८० मा खेलकुदको विकास र पूर्वाधार निर्माणका लागि ६ करोड २९ लाख रुपैयाँ बजेट छुट्याएर काम थालिएको जानकारी दिइन् ।

छनौंट प्रतियोगिताबाट पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउँनका लागि वाग्मती प्रदेशबाट आइटिएफ तेक्वान्दोका २५ जना खेलाडि छनौट भएका छन् । वाग्मती प्रदेशको राजधानी हेटौंडामा भएको छनौटमा सहभागी २५० खेलाडीमध्य विभिन्न तौल समूहमा २५ खेलाडी छनौटमा परेको मकवानपुर आइटिएफ तेक्वान्दो संघका सचिव प्रकाश शाहीले बताए । छनौटमा परेका खेलाडीलाई उपमहानगरपालिकाका नगर प्रमुख लामाले पुरस्कार वितराण् गरेकी थिइन ।

आइटिएफ तेक्वान्दो संघ वाग्मती प्रदेशका अध्यक्ष उमेश राजथलाको अध्यक्षतामा भएको छनौट प्रतियोगिताको समापनमा प्रदेश खेलकुद बिकास समितिका सदस्य माधव तिमल्सिना, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भेष खड्गी लगायतको आतिथ्यता रहेको थियो । असोजको २८ गतेबाट पोखरामा हुने प्रतियोगितामा सहभागी हुन प्रदेशको रसुवा र दोलखा बाहेकका १० जिल्लाका खेलाडीे छनौट हेटौंडामा २२ र २३ गते सञ्चालन भएको थियो ।