२०८१ बैशाख २७, बिहीबार    

हेटौंडामा विद्युतीय स्कुटीको शोरुम

२०७८ फाल्गुन २२, आईतबार १८:५६ बजे

हेटौंडा–२ स्थित चौकीटोलमा विद्युतीय स्कुटीको विक्री सुरु भएको छ ।

वर्षा इ–अटोमोबाइल्सले विद्युतीय स्कुटीको शोरुम मार्फत बिक्री शुरु गरेको हो । आइतबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शोरुमको उद्घाटन गरेका हुन् । वातावरणीय स्वच्छताको लागि विद्युतीय सवारी उपयुक्त रहेको मेयर महतको भनाइ छ । पेट्रोलियम पदार्थको मूल्यबृद्धिमा विद्युतीय सवारीले थप राहत मिल्ने उनले बताए । याडिए कम्पनीले बजारमा ल्याएको विद्युतीय स्कुटी एकपटक चार्ज गर्दा ७५ किलोमिटरसम्म गुड्ने जानकारी दिइएको छ ।

स्कुटीमा २ हजार वाट क्षमताको ब्याट्री रहेको र एकपटक पूरा समय चार्ज गर्दा १ दशमलव ५ युनिट विजुली मात्रै लाग्ने भएकोले धेरै सस्तो पर्ने बताइएको छ । क्याम्पस स्तरका विद्यार्थी, हेटौंडा बजारभित्र एकस्थानबाट अर्को स्थानमा पुग्नेहरुको लागि यस स्कुटी भरपर्दो र किफायती हुने बर्षा इ–अटोमोबाइल्सका सञ्चालक सवि भण्डारीले जानकारी दिए ।