२०८० चैत्र १६, शुक्रबार    

युवा व्यवसायीद्वारा कुखुराको चल्ला वितरण

२०७९ पौष ७, बिहीबार १७:०६ बजे

हेटौंडा–११ का युवा व्यवसायी प्रभाकर पुडासैनी (प्रभु)ले कुखुराको चल्ला सहयोगस्वरुप वितरण गरेका छन् ।

पुडासैनी पोल्ट्री सप्लायर्सका प्रोपाइटर उनले हेटौंडा–११, सिमलटार नजिकै खेल मैदान रहेको टोलका स्थानीयलाई कुखुराको चल्ला वितरण गरेका हुन् । उनले त्यहा रहेको २५ घरधुरीलाई प्रतिपरिवार १० वटाको दरले चल्ला वितरण गरेका हुन् ।

उनले त्यसक्षेत्रमा कुखुरा पालनाको सम्भावना असाध्यै राम्रो रहेको र आर्थिकरुपमा स्थानीयलाई सक्षम बनाउन सहयोग गरेको बताए । उनले आगामी दिनमा पनि यस्ता किसिमको सहयोग जारी राख्ने समेत प्रतिबद्धता जनाए ।