२०८१ जेठ ३, बिहीबार    

मकवानपुर कोरोनाको उच्च जोखिम भएको जिल्लामा समावेश

२०७८ माघ ३, सोमबार १९:१४ बजे

हेटौंडा/ मकवानपुर जिल्ला कोरोना भाइरस संक्रमणको उच्च जोखिममा समावेश भएको छ ।

मकवानपुरमा ५ सयभन्दा बढी सक्रिय कोरोना संक्रमित संख्या पुगेसँगै सरकारले मकवानपुरलाई उच्च जोखिम भएको जिल्लाको सूचीमा राखेको हो । सोमबार साँझसम्ममा मकवानपुर ५ सय ६९ जना सक्रिय कोरोना संक्रमित पुगेको छ । पछिल्लो २४ घण्टामा मकवानपुरमा १ सय ७६ जनामा कोरोना पुष्टि भएको छ । २४ घण्टामा मकवानपुरमा दुईजना कोरोना संक्रमित बिरामीको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले बताएको छ । २४ घण्टाकै अवधिमा ४ संक्रमीत उपचारपछि संक्रमण मुक्त भएका छन् ।

मधेश प्रदेश र सडक सञ्जालसँग जोडिएको जिल्ला भएका कारण मकवानपुरमा कोरोना संक्रमितको संख्या बढेको अनुमान गरिएको छ ।