२०८१ माघ २८, सोमबार    

विद्यार्थी नेता मिलन पुडासैनीद्वारा जर्सी सहयोग

२०८१ पौष १२, शुक्रबार १८:३५ बजे

विद्यार्थी नेता मिलन पुडासैनीले फुटबल जर्सी सहयोग गरेका छन् । शुक्रबार उनले बकैया गाउँपालिका वडा नम्बर ४ मा रहेको नवनमुना युवा क्लवलाई जर्सी सहयोग गरेका हुन् । 

उनले क्लवलाई १० थान जर्सी सहयोग गरेको क्लवका प्रतिनिधि एंव नेपाली कांग्रेस बकैया ४ का इकाई सभापति सुनिल भोम्जनले बताए । नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य रहेका पुडासैनीले खेलकुदको क्षेत्र सहयोग गर्न पाउँदा  खुसी भएको व्यक्त गरेका छन् । 

पुडासैनी नेविसंघको राजनीति सँगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहदैँ आएका छन् ।