२०८१ बैशाख २४, सोमबार    

थाहा नगरमा सत्तारुढ गठबन्धन विजयी

२०७९ जेठ ४, बुधबार ०४:२३ बजे

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको ।

नेकपा एमालेको उम्मेदवारलाई पराजित गर्दै गठबन्धन विजयी भएको हो । थाहाको मेयरमा माओवादी केन्द्रको विष्णु विष्ट र उपमेयरमा कांग्रेसका भरत गोपाली विजयी भएका हुन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि थाहामा सत्तारुढ गठबन्धन नै विजयी भएको थियो ।

कुल २३ हजार ५६ मत खसेकोमा मेयरमा विष्णु विष्टले ९७१९ मत प्राप्त गरी विजयी भए । मेयरमा एमालेका उम्मेदवार अच्युतम ढकालले ७ हजार ७७१ मत प्राप्त गरे । उपमेयरमा कांग्रेसका भरत गोपालीले ८ हजार ६०७ मत प्राप्त गरे । उपमेयरमा एमालेकी कल्पना बलामीले ८ हजार ५२२ मत प्राप्त गरिन् । थाहामा माओवादीले ६ वटा, कांग्रेस र एमालेले ३/३ वडामा विजयी भएका छन् ।