२०८१ जेठ १, मंगलबार    

कोरोनाका सक्रिय संक्रमित ५० हजार नाघे

२०७८ माघ ६, बिहीबार १७:५७ बजे

काठमाडौं/ नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १२ हजार ३३८ थपिएसँगै सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ पुगेको हो ।

२४ घन्टामा पीसीआर र एन्टिजेन गरी २७ हजार ४९७ नमुनाको परीक्षण गरिएकामा १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ६४९ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ६४९ जना निको भएका छन् । योसँगै निको हुनेको कुल संख्या ८ लाख १८ हजार ८०९ पुगेको छ । त्यस्तै २४ घण्टायता ४ संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ ।

२४ घण्टामा २ लाख ३४ हजार २१४ जनाले खोप लगाएका छन् ।