२०८१ बैशाख १६, आईतबार    

गढीमा न्यून आए भएका ५० जनाको स्वास्थ्य वीमा

२०८० असार १९, मंगलबार १६:४० बजे

मकवानपुरगढी गाउँपालिका–५ मा आफ्नो वडाभित्र बसोबास गर्ने निम्न आय भएका ५० परिवारको वडा कार्यालयले निःशुल्क स्वास्थ्य वीमा गरिदिएको छ ।

आफ्नो वडाभित्र रहेक गरिब तथा विपन्न परिवारको पहिचान र गर्नको लागि टोल विकास संस्थालाई जिम्मा दिएको र टोल विकास संस्थाको सिफारिसको आधारमा ५० परिवारलाई स्वास्थ्य वीमा गरेको वडा अध्यक्ष दिपेश दाहालले जानकारी दिए ।

आव २०७९ /०८० मा विनियोजित बजेटबाट वीमा कार्यक्रम सञ्चलन गरेको र साथै विपन्न तथा निम्न आय भएका अन्य बाँकी परिवारको पनि फहिचान गरी आगामी दिनमा यो कार्यक्रमको सुनिश्चित गरी कार्यत्रमलाई आगामी वर्षमा पनि निरन्तरता गरिने वडा अध्यक्ष दाहालले बताए ।