२०८० चैत्र १६, शुक्रबार    

प्रदेशका ७ वटा अस्पताललाई एम्बुलेन्स हस्ताान्तरण

२०७९ माघ २५, बुधबार १७:०७ बजे

वाग्मती सरकारले प्रदेशका ७ वटा अस्पताललाई ‘ख’ वर्गको एम्बुलेन्स हस्ताान्तरण गरेको छ ।

प्रदेशका ७ वटा अस्पतालका लागि कुल ३ करोड ७० लाख रुपैयाँ लागतमा खरिद गरिएको सातवटा एम्बुलेन्स बुधबार हस्तान्तरण गरिएको हो । तत्कालिन स्वास्थ्य मन्त्री निमा लामाको कार्यकालमा एम्बुलेन्स खरिद गरिरएको हो ।

भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल ललितपुर, टोखा चण्डेश्वरी अस्पताल काठमाडौं, पशुपति चौलागाईँ स्मृति अस्पताल दोलखा, मेथिनकोट अस्पताल काभ्रे, रामेछाप अस्पताल र बकुलहर रत्ननगर अस्पताल चितवनलाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

प्रतिएम्बुलेन्स ५२ लाख ९० हजार रुपैयाँ लागतमा खरिद गरेको स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रका प्रमुख अर्जुनप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार यसअघि पनि केन्द्र मार्फत् गतवर्ष पनि ५ वटा एम्बुलेन्स खरिद गरी प्रादेशिक अस्पताललाई एम्बुलेन्स उपलब्ध गराएको थियो ।