२०८१ बैशाख ८, शनिबार    

मानव अधिकार रक्षकको संरक्षण र सम्बद्र्धनमा जोड

२०७९ आश्विन १३, बिहीबार १७:४७ बजे

मानव अधिकार रक्षकको संरक्षण र सम्बद्र्धनमा जोड दिइएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा विहीबार हेटौंडामा आयोजित मानव अधिकार रक्षकको संरक्षण र सम्बद्र्धन सरोकारको विषयमा अन्तक्र्रिया कार्यक्रमका वक्ताहरुले यसमा जोड दिएका हुन् ।
इन्सेक वाग्मती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा कार्यक्रम भएको हो । गैरसरकारी संस्था महासंघ केन्द्रीय सचिव बुद्धशरण लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा गैरसरकारी संस्था वाग्मती प्रदेश अध्यक्ष आरती पाठक, माइती नेपालकी माया लामा, राडो नेपालका कृष्ण धिताललगायतको उपस्थिति थियो । सञ्चारकर्मी शिवकुमार काशीले मानव अधिकार रक्षकको संरक्षण र सम्बद्र्धनको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा इन्सेक प्रदेश संयोजक गणेश भण्डारीले कार्यक्रममाथि प्रकाश पारेका थिए ।