पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुर मनहरी गाउँपालिका–९ रजैयामा भारतीय नम्बरको ग्यास बुलेट गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।
चितवनबाट हेटौंडातर्फ आउँदै गरेको एएस–२५ डीसी०२११ नम्बरको बुलेटले ब्क्–द्दछम्ऋण्द्दज्ञद्द न.को बिपरित दिशाबाट आउँदै गरेको ग ७ प २३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार कास्की पोखरा —११ की ३३ वर्षीया निर्मला अधिकारी घाइते भएकी थिइन् । उपचारका क्रममा हेटौंडास्थित चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।
गाडीको ठक्करबाट मोटरसाइकल चालक सुवास गुरुङ पनि घाइते भएका छन् । उनको उपचार चुरेहिल अस्पतालमा भइरहेको छ । मृतक अधिकारी गुरुङकी पत्नी हुन् ।
गाडीचालक बिहारका ३७ वर्षीय मनीन्द्रकुमार दास इलाका प्रहरी कार्यालय, मनहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।