२०८१ बैशाख १५, शनिबार    

भीमफेदीमा कांग्रेसको प्यानलै विजयी

२०७९ बैशाख ३१, शनिबार १४:२८ बजे

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेद्वार विजयी भएका छन् ।

आज सम्पन्न भएको मतगणनाको अन्तिम मत परिणाम अनुसार वडाध्यक्ष उम्मेद्वार सोमबहादुर स्याङ्तान ९ सय १० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनि पाँच दलीय गठवन्धनको तर्फबाट उम्मेदवार हुन् । निकटतम प्रतिस्पर्धी एमालेकी पञ्चमाया स्याङतानले ६ सय ५५ मत ल्याएकी छिन् । वडा नम्बर १ मा १ हजार ६ सय ४१ मत खसेको थियो भने ७२ मत बदर भएको बताईएको छ ।

यो वडामा गठबन्धनबाट सदस्यहरुमा मुक्ती लामा,राजकुमार स्याक्तान,गोपिनि बिक,सुमित्र थिग बिजयी भएकाछन् ।