२०८१ बैशाख १७, सोमबार    

हेटौंडा जेसीजमा अमृत र विकेशलाल विजयी

२०७९ पौष २, शनिबार १७:४० बजे

हेटौंडा जेसीजको कार्यकारी उपाध्यक्षमा अमृत बर्तौला र विकेशलाल श्रेष्ठ विजयी भएका छन् । शनिबार भएको निर्वाचनबाट उनीहरु एकवर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् ।

दुईजनाका लागि कार्यकारिणी उपाध्यक्षमा चारजनाको प्रतिस्पर्धा भएको थियो । विजयी भएका बर्तौलाले १२६ र श्रेष्ठले ८१ मत प्राप्त गरे । पराजित भएका विवेक आनन्द न्यौपानेले ६४ र संगीत श्रेष्ठले १७ मत प्राप्त गरे । ५ मत बदर भएको थियो । जेसीआई हेटौंडामा १ सय ५८ जना सदस्य छन् । जेसीज वर्ष २०२३ अध्यक्षमा श्रवणकुमार बर्तौला सर्वसम्मत निर्वाचित भइसकेका छन् । अध्यक्षका अर्का उम्मेदवार पंकजकुमार बनियााले उम्मेदवारी फिर्ता लिएसागै बर्तौला सर्वसम्मत निर्वाचित भएका हुन् ।

शुक्रबारबाट सुरु भएको निर्वाचन प्रक्रियामा उपाध्यक्षतर्फ पनि ४ जना सर्वसम्मत निर्वाचित भएका थिए । उपाध्यक्षमा सन्तोष पराजुली, मिलन ढकाल, सञ्जय न्यौपाने र राजुप्रसाद श्रीवास्तव सर्वसम्मत चयन भएका छन् ।