२०८१ बैशाख १८, मंगलबार    

डिजास्टर रिकभरी केन्द्र हेटौंडामा आगलागी, निभाउने प्रयासमा दुई दमकलसहित सुरक्षाकर्मी

२०७९ आश्विन ९, आईतबार १६:४८ बजे

मकवानपुरको हेटौंडा उपमहानगरापलिका ४ हुप्रा चौरमा रहेको डिजास्टर रिकभरी केन्द्रमा आगलागी भएको छ । आइतबार दिउँसो करिब ३ बजेदेखि सेन्टर इलेक्ट्रिक रुमबाट विद्युत् सर्ट भई आगलागी भएको हो । 

आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र उपमहानगरपालिकाका प्रहरीसमेत खटिरहेका छन् । आगो निभाउन उपमहानगरकै दुई वटा दमकल प्रयोग गरिएको छ ।