२०८१ बैशाख १५, शनिबार    

हिमालयन शेर्पाको जित

२०७९ फाल्गुन २, मंगलबार १८:१० बजे

हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा हिमालयन शेर्पा विजयी भएको छ । शेर्पाले वाग्मती युथ क्लब सर्लाहीलाई पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको छ ।

शेर्पाले वाग्मतीलाई २-१ गोलअन्तरले पराजित गरेको हो । शेर्पाको लागि यमिले ३७ र निशान लिम्बुले ६४ औं मिनेटमा गोल गरेको थिए ।

वाग्मतीको तर्फबाट सनम धिमालले गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच शेर्पाका निशान लिम्बू भए । उनले नगद १० हजार प्राप्त गरेका छन् । बुधबार एभिनीएर एफसी र वीरगंज युथ एकेडेमीबीच खेल हुनेछ ।