२०८१ बैशाख २९, शनिबार    

थाहा नगरपालिकामा गठबन्धन अग्रता फराकिलो बनाउँदै

२०७९ बैशाख ३१, शनिबार १२:०८ बजे

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकामा सत्तारुढ गठबन्धनले आफ्नो अग्रतालाई फराकिलो बनाएको छ ।

थाहा–१ को मतगणनाको क्रममा सत्तारुढ गठबन्धनले करिब दुई सय मतले अग्रता लिएको हो । थाहा–१ मा १२ सय मत गणनाहुँदा मेयरमा माओवादी केन्द्रले ६१४ मत प्राप्त गरेको छ । नेकपा एमालेले ४१८ मत प्राप्त गरेको छ ।

उपमेयरमा गठबन्धनका उम्मेदवार कांग्रेसले ५७० र नेकपा एमाले ४४६ मत प्राप्त गरेको छ ।