२०८० चैत्र १६, शुक्रबार    

मकवानपुरमा प्रतिनिधिसभातर्फका २ क्षेत्रमा कांग्रेसका ४ जनाको नाम सिफारिस

२०७९ भाद्र १९, आईतबार १८:०९ बजे

आसन्न निर्वाचनमा मकवानपुरको प्रतिनिधिसभातर्फका दुई निर्वाचनमा क्षेत्रमा उम्मेदवारीका लागि कांग्रेसले दुई–दुई जनाको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस मकवानपुरको आइतबार बसेको बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिनका लागि नाम सिफारिस गरेको हो ।

बैठकले मकवानपुर क्षेत्र नम्बर १ र २ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ चुनाव लड्न ४ जनाको नाम सिफारिस गरेको छ । बैठकले नेपाली कांग्रेसकी सहमहामन्त्री एवम् पूर्व जलस्रोत राज्यमन्त्री महालक्ष्मी डिना उपाध्याय, नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् पूर्व गृहराज्य मन्त्री ईन्द्रबहादुर बानियाँ, नेपाली कांग्रेस मकवानपुरका पूर्वसभापति माईकल रामचन्द्र अर्याल र नेता जयराम लामिछानेको नाम सिफारिस गरेको हो । प्रतिनिधिसभाको दुवै निर्वाचन क्षेत्रमा यिनै चार जनामध्येबाट दुई जनालाई उम्मेदवार बनाउने गरी जिल्ला समितिले नाम सिफारिस गरेको हो ।

त्यस्तै मकवानपुर–१ बाट प्रतिनिसधसभाका लागि समानुपातिकतर्फ १० जनाको नाम सिफारिस गरेको छ । जसमा नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, पूर्व कार्यवाहक सभापति विष्णुप्रसाद लामिछाने, नेताहरु गोपीलाल विक, नारायण लम्साल, सुवातसिं थिङ, सुदिप बर्तौला, राजकुमार जीएम, राजकुमार वाईबा, नेतृहरु पवित्रा विक, गीता राई र संजिता सिग्देल छन् ।

मकवानपुर–२ बाट प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ भने कांग्रेसले ५ जनाको नाम सिफारिस गरेको छ । जसमा बागमती प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री सन्तबहादुर प्रजा, नेताहरु उदयमोहन श्रेष्ठ, आनन्द कठायत, नेतृहरु उमा दाहाल र गोरीमाया लामा छन् ।

प्रदेशका ४ निर्वाचन क्षेत्रका लागि २५ जनाको नाम सिफारिस

यता प्रदेशसभातर्फको ४ वटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ चुनाव लड्न कांग्रेसले २५ जनाको नाम सिफारिस गरेको छ । प्रदेशसभाको मकवानपुर–१ (क)बाट प्रत्यक्षतर्फ चुनाव लड्न कांग्रेसले बागमती गाउँपालिकाका पूर्व अध्यक्ष दामोदर खनाल, नेताहरु मिठाराम दाहाल, भूमिनन्द गौतम र शिवप्रसाद खतिवडाको नाम सिफारिस गरेको छ ।

यस्तै, प्रदेशसभातर्फको मकवानपुर–१ (ख)का लागि प्रत्यक्षबाट चुनाव लड्न कांग्रेसले ९ जनाको नाम सिफारिस गरेको छ । जसमा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, सचिव ईश्वरकुमार पाठक, नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाका पूर्व सभापति आनन्दराम पराजुली, नेताहरु प्रभात कुमार दाहाल, अशोकराज शाक्य, तारानाथ चौलागाई, होमनाथ गौतम, हेटौंडा–६ का पूर्व वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई  र नेतृ अञ्जना उपाध्याय छन् ।

प्रदेशसभातर्फ मकवनपर–२ (क)बाट प्रत्यक्षबाट चुनाव लड्न कांग्रेसले ८ जनाको नाम सिफारिस गरेको छ । जसमा नेताहरु भीम लामा, यतिराज सापकोटा, ईश्वरनाथ पौडेल, योगेन्द्रमान श्रेष्ठ, महेन्द्र राउत, ओमबहादुर बस्नेत, रञ्जन कठायत र राज मैनाली छन् ।