२०८१ बैशाख ११, मंगलबार    

आइतबार मन्त्रिपरिषद्ले पूर्णता पाउने मुख्यमन्त्रीको दावी

२०८० बैशाख २, शनिबार ११:३५ बजे

प्रदेश सरकारबाट प्रमुख प्रतिपक्षी एमाले बाहिरिएर मन्त्रिपरिषद् पुनर्गठनको बाटो खुले पनि सत्ता गठबन्धनले सरकार विस्तार गर्न सकेको छैन । प्रदेशसभामा रहेका दलहरूले केन्द्रबाट निर्देशन नआउँदा सरकार विस्तारमा ढिलाइ भएको बताएपनि आइतबारभित्र मन्त्रिपषिद्लाई पूर्णता दिने दावी गरिएको छ ।

वाग्मती प्रदेशमा एमाले सरकारबाट बाहिरिएको १५ दिनपछि शनिबार कांग्रेस दुई मन्त्रीसहित सरकारमा सहभागी भएको थियो । संसदीय दलका नेता बहादुरसिंह लामा आर्थिक मामिला तथा योजनामन्त्री र तीर्थ लामा खानेपानी, ऊर्जा तथा सिाचाइमन्क्री नियुत्त भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ११ मन्त्रालय रहेको वाग्मतीमा माओवादीबाट मुख्यमन्त्री र तीन मन्त्री छन् । अब कांग्रेस र एकीकृत समाजवादीका लागि ५ मन्त्रालय बााकी छन् ।

कांग्रेसले थप ४ मन्त्रालय र एकीकृत समाजवादीले २ मन्त्रालय मागेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दुई दललाई बाँकी मन्त्रालय दिएर वैशाख ३ सम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइरहेको बताए । ‘बुधबारको छलफलबाट लगभग कुरा मिलेको छ, बााकी पााचवटा मन्त्रालयमा दुई दलबीच सहमति हुन्छ,’ उनले भने ।