२०८३ बैशाख ५, शनिबार    

धार्मिक पर्यटनको संरक्षण र विकासमा काम गर्छु : मन्त्री ठकुरी

२०८१ श्रावण ३२, शुक्रबार १७:०१ बजे

बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले प्रदेशका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाको पहिचान गर्दै त्यसको संरक्षण तथा प्रचारप्रसार गरिने बताएका छन् ।

शुक्रबारदेखि हेटौंडा–४ हुप्रचौरस्थित इस्कोन मन्दिरमा सुरु भएको श्रीमद्भागवत वाचनमा सहभागी हुँदै मन्त्री ठकुरीले पर्यावरण अनुकूल पर्यटन उद्योगको विकास गर्दै पर्यटन संस्कृतिको विकासका लागि मन्त्रालयले चासोका साथ काम गर्ने बताए । उनले धार्मिक पर्यटनको संरक्षण र विकासमा काम गरिने बताए ।

मन्त्री ठकुरीले धर्म संस्कृतिले मानिसलाई नैतिक आचरणमा बस्न, आपसी सद्भाव र भाईचाराको सम्बन्ध बढाउन ठूलो सहयोग पुर्याइरहेको उल्लेख गर्दै सबै धर्म, संस्कृति, मूल्य मान्यताको सम्मान गर्दै मिलेर अघि बढ्न आम नेपाली नागरिकहरुलाई आग्रह गरे ।

श्रीकृष्णजन्माष्टमीको अवसरलाई लक्षित गर्दै इस्कोन मन्दिरमा आजबाट भदौ १० गतेसम्म श्रीमद्भागवत कथा बाचन भइरहेको छ । बुढानिलकण्ठको गुरुब्यास हरि नामामृतबाट कथा वाचन भइरहेको जनाइएको छ ।