२०८१ बैशाख १६, आईतबार    

२ महिनापश्चात् प्रदेशसभाको वैठक बस्दै

२०८० भाद्र १८, सोमबार ०६:५९ बजे

वाग्मती प्रदेशसभाको वैठक करिब दुई महिनापश्चात् सोमबार बस्दैछ ।

असार २२ गते प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेसँगै अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको बैठक ५९ दिनपश्चात् बस्न लागेको हो । दिउँसो १ः३० बजे बस्ने वैठकको कार्यसूची अझै तय भएको छैन । कार्य व्यवस्थापरामर्श समितिको वैठकबाट कार्यसूची तय गर्ने तयारीमा प्रदेशसभा सचिवालय रहेको छ । विहान ११ बजेका लागि कार्यव्यवस्था समितिको वैठक तय गरिएको छ ।

सदन सञ्चालनको लागि संसद् सचिवालयमा विधेयक पेश हुन नसक्दा बैठक अनिश्चित बनेको थियो । सरकारले केही विधेयक दर्ता गरेसँगै वैठक डाकिएको हो । प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार सरकारका तर्फबाट हालसम्म ३ वटा विधेयक सदनमा दर्ता भएका छन् भने एउटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण हुन नसकी फिर्ता आएको छ ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले थप २ वटा नयाँ विधेयक दर्ताको अन्तिम तयारी भइरहेको छ ।