२०८० चैत्र १६, शुक्रबार    

६ नवनियुक्त मन्त्रीले लिए शपथ

२०८० जेठ ७, आईतबार १६:१० बजे

वाग्मती प्रदेशका मुख्यमन्त्री नवनियुक्त ६ जना मन्त्रीले आइतबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

हेटौंडा १० स्थित प्रदेश प्रमुखको कार्यालयमा उनीहरुले सपथ ग्रहण गरेका हुन् । मुख्यमन्त्री शालिकराम जम्कटेलको उपस्थितिमा प्रदेश प्रमुख यादबचन्द्र शर्माले कांग्रेसका एक बिनाविभागीय मन्त्रीसहित ६ मन्त्रीलाई सपथ गराएका थिए ।

नेपाली कांग्रेस र नेकपा (एस)ले मागे अनुसार मन्त्रालयको संख्या उपलब्ध गराएसँगै प्रदेश सरकारले पूर्णता पाएको हो । मुख्यमन्त्री जम्कटेलले कांग्रेसका एक बिना विभागिय मन्त्री सहित ३ मन्त्रीलाई जिम्मेवारी दिएका छन् । उनले कांग्रेसका रामकृष्ण चित्रकारलाई बिनाविभागीय मन्त्री, उत्तम जोशी स्वास्थ्य मन्त्रालय, पुकार महर्जन पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र मसिना खड्का वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

एकीकृत समाजवादीका लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रालय र राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसअघि कांग्रेसका बहादुर सिंह लामा तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, तीर्थबहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

माओवादी केन्द्रबाट गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कुमारी मुक्तान सामाजिक विकास मन्त्रालय र युवराज दुलाल, भौतिक पूर्वाधार विकासमन्त्री बनिसकेका छन् ।