२०८० चैत्र १५, बिहीबार    

डिभिजन वन कार्यालयको हेटौंडा बजार सरसफाई अभियान

२०७९ पौष २, शनिबार १८:३५ बजे

वाग्मती प्रदेश सरकारको शहर सफा गर्ने अभियानअन्तर्गत् डिभिजन वन कार्यालय मकवानपुरले हेटौंडा बजारको बाइपास सडक सरसफाई गरेको छ ।

शनिबार राम मन्दिर चोकदेखि चाइनाक्वाटर गेटसम्मको क्षेत्र सरसफाई गरेको हो । कार्यलयले हेटौडा उपमहानगरपालिका र सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको समन्वय तथा सहकार्यमा सरसफाई अभियान सञ्चालन गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता तथा डिभिजनल वन अधिकृत शिव सापकोटाको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो । मेयर लामाले प्रदेशको राजधानी सफा र स्वच्छ बनाउन जिल्लाबासीकै भूमिका महत्वपूर्ण हुने बताइन् ।

सरसफाइ अभियानमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी वल १४ नं गण, सामुदायिक प्रहरी सेवा केन्द्र, वडा कार्यालय, टोल विकास संस्था, अमर मावि, ज्ञानदा मावि, सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीका शिक्षक तथा विद्यार्थी, सामुदायिक वन समूह, वनका कर्मचारी तथा सर्वसाधारणको उपस्थिती रहेको थियो ।

उपमहानगरपालिकाले प्रत्येक हप्ताको शनिबार सरसफाई अभियान सञ्चालन गरिरहेको छ भने डिभिजन वन कार्यालय मकवानपुरले प्रदेश सरकारको सहयोगमा महिनाको एकदिन सरसफाई अभियान सञ्चालन गरिरहेको छ ।