२०८१ बैशाख १६, आईतबार    

चुरियामाईको खानेपानी समिति बोर्डमा हस्तान्तरण

२०८० आश्विन १४, आईतबार १९:०० बजे

हेटौंडा–१५, शिखरपानी चुरिमाईमा रहेको खानेपानी उपभोक्ता समिति हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको छ ।

समितिमार्फत् सञ्चालित चारसय ५० धाराहरुले १० हजार लिटर खानेपानी उपभोग गरे बापत न्युन्तम शुल्क २५० रुपैयाँ भुक्तानी गर्दे आइरहेकोमा अबदेखि १० हजार लिटरसम्म पानी निःशुल्क खानेपानी उपभोग गर्न पाउने झएका छन् ।

कार्यक्रममा वडा अध्यक्ष सुनिल मोत्तानले साविक चुरियामाई गाविसको विगतको खानेपानीको लागि गरिएका प्रयास तथा संघर्षहरुबारे जानकारी दिएका थिए । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

हेटौंडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । शिखरपानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष पातली गोङ्वाको सभाअध्यक्षतामा कार्यक्रम भएको हो ।