२०८१ बैशाख २१, शुक्रबार    

पीडित परिवारलाई शैक्षिक सामग्री

२०७९ पौष ३, आईतबार १७:३० बजे

दिगो आर्थिक स्रोतको जोहोका लागि बैदेशीक रोजगारीमा पुगेर वेपत्ता भएका, ज्यान गुमाएका र शारीरिक अशक्त परिवारका वालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।

रोजगारीको शिलशिलामा बिभिन्न मुलुकमा पुगे पनि हराएका र अशक्त भएकाहरुको परिवारलाई सरकारको मातहत रहेको बैदेशीक रोजगार विभाग र बोर्डबाट आर्थिक सहायता र राहतको सूचीमा नपरेका परिवारलाई हेटौंडा उपमहानगरका प्रमुख मीनाकुमारी लामाले शैक्षिक सामग्री हस्तान्तरण गरेकी हुन् ।

सुरक्षित बैदेशीक रोजगारीका लागि हेटौंडा उपमहानगरपालिकामा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवसको सन्दर्भ पारेर सरकारी सुबिधाबाट बञ्चीत रहेका पारिवारको ९ जना छात्रछात्रालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । हेटौंडा उपमहानगरपालिकाको बिभिन्न बिद्यालयमा अध्ययनमा रहेका छात्रछात्रालाई अध्ययनमा सहयोगका लागि झोला सहित कापी कलम, कलर बक्स, जुत्ता सहितको सामग्री बितारण गरिएको हो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १६ का अध्यक्ष तथा सामाजिक बिकास समितिका संयोजना रामकृष्ण कोइराला, हेटौंडा उपमहानगरपालिका सामाजिक बिकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सीनाको उपस्थिति थियो ।